तामाङपेज संवाददाता ।
इजरायल । नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ वार्षिक उत्सवको अवसरमा नेपाल तामाङ घेदुङ भाषा,साहित्य विभाग इजरायलको आयोजनामा आउँदो १५ नोभेम्बरका दिन शुक्रबार साँझ तेल अभिवमा तामाङ भाषाको विकास,सम्बर्द्धन,प्रबर्द्धन एवं जगेर्नाका लागि योगदान पुगोस भन्ने मुख्य लक्ष्य र उद्धेश्यकासाथ विश्वव्यापी रुपमा लोप्खाङ(विद्यालय)शिर्षकमा “बृहत् प्रथम अन्तर्राष्ट्रिय तामाङ व्हाईखा(कविता)अनलाइन प्रतियोगिता “हुने भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं नेपाल तामाङ घेदुङ इजरायलका महासचिव पेमा पाख्रीनले उक्त प्रतियोगितामा भाग लिन चाहनुहुने तामाङ साहित्यकार तथा तामाङ साहित्यप्रेमीहरुले आफ्नो रचना नेपाल तामाङ घेदुङ इजरायलको फेशबुकमा इन बक्स म्यासेज र ईमेल: ghedungisrael@gmail.com मार्फत पठाएर सहभागी हुन सक्ने बताएका छन् ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल भइ विजेता हुनेलाई प्रथम रु.१५ हजार,द्धितिय रु.१० हजार ,तृतिय रु.५ हजार र सान्त्वना हुनेलाई रु.१ हजार ५ सय नगदसहित प्रमाण पत्र प्रदान गरि पुरस्कृत गरिने भएको छ। प्रतियोगिता सम्पन्न गर्नको निमित्त नेपाल तामाङ घेदुङ भाषा,साहित्य विभाग ईजरायलको प्रमुख नानिमाया योन्जन तामाङको संयोजकत्वमा नेपाल तामाङ घेदुङ अनुशासन विभाग संयोजक वि.वि.लामा र तामाङ शैक्षिक अक्षयकोष विभाग प्रमुख सुन्दरसिंह योन्जन तामाङ सदस्य रहेको तीन सदस्यिय प्रतियोगिता आयोजक समिति गठन गरी जिम्मेवारी प्रदान गरेको नेपाल तामाङ घेदुङ इजरायलले जनाएका छन् ।