प्रवासिलाई के दशै तिहार
रुदा रुदै सकिन्छ इहार …
सुनकोशी सलल…
ए है बाटुलो मोडा तिम्रो त्यो ढाका टोपि सम्झन्छु झलल …..
आज त दशैको टीका दिन
मेरो आमा रोई होलिन दिनका दिन
सुनकोशी सलल….
भित्तै भरी सजाछु तस्बिर
यस्तैरैंछ प्रवासि तक्दिर
सुनकोशी सलल ….
जाउँ त भने डाँडा छ अल्को
यत्तिबेला स्वदेशको छ झ झल्को
सुनकोशी सलल ….