रचनटार युथ क्लबद्वारा बडा दशैंको अवसरमा” विविध कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा गोदावरी नगरपालिका वडा नं.२ रचनटारमा रचनटार युथ क्लबको आयोजनामा बडा दशैंको सन्दर्भमा “विविध कार्यक्रम”शनिबार सम्पन्न गरेको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं रचनटार युथ क्लबका अध्यक्ष रामचन्द्र पुरीले ललितपुर जिल्ला,क्षेत्र नं.१ (क)प्रदेश सभाका सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं.२ का वडअध्यक्ष देबेन्द्रकुमार बस्नेत र महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालको विशेष आतिथ्यमा जेष्ठ नागरिकहरुलाई सम्मान ,चिठ्ठा कार्यक्रम लगायतका कार्यहरुको आयोजना गरेका छन् ।

उक्त कार्यक्रममा गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारी थापा,अभियन्ताहरु नारायणी पाण्डे,सुबोध थापा,दिलिप थापा,शेखर गिरी,वाग्मती सरसफाई महाअभियानका अभियन्ता शेखर क्षेत्री,नेपाल कम्युनिष्ट पार्टी नेकपा युवा नेता पुष्कर गिरी,गोदावरी नगरपालिका-२ वडासदस्य लक्ष्मी सिलवाल,प्रदेश सभा सांसद लालकुमारी पुन शुशिला स्वकीय सचिव सुमन बम्जन तामाङ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो।

प्रकाशित: समय: 23:01:43  473पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार