तामाङपेज संवाददाता ।
ललितपुर । गोदावरी साहित्य परिषदका अध्यक्ष,नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति ललितपुरका जिल्ला सदस्य बशिष्ठ अधिकारीलाई गोदावरी नगरपालिकाको “सामाजिक विकास सल्लाहकार “मा बिहिबार नियुक्त गरेको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदै गोदावरी नगरपालिका श्रोतले अधिकारीलाई गोदावरी नगरपालिकाको नगरकार्यपालिकाले निर्णय बमोजिम नियुक्त गर्ने निर्णय गरेको जनाएका छन् ।