सजिना मोक्तान,
२ अक्टोवर जापान,
टोकियो इन्टरटेन्टमेन्ट सेन्टरको आयोजनामा यहि अक्टोवर ६ तारिख आइतबार दशैँ शुभकामना साँझ २०१९ हुने बताइएको छ ।
नेपालीहरुको ठूलो चाड बडादशैँको अवसर पारेर गर्न लागिएको कार्यक्रम जापानको व्यस्त दैनिकी र चाडपर्वमा घरदेश सम्झेर न्यास्रो लाग्ने हरेक नेपालीलाई एकाध घण्टा नै भएपनि मनोरन्जन मिल्नेछ । आफ्नो संस्कार संस्कृतिलाई संगै वोकेर हिड्ने नेपालीको लागि कुन देश कुन पर्देश उस्तै हो तर वर्षमा एकचोटी भएपनि टाढा टाढाका आफन्त इष्टमित्र भेट्ने मौका यही वेला हो । तर पर्देशमा रहँदा मानवीय संवेदनाको पहाडले पानीको मूल फुटाउन खोज्न सक्छ । त्यसैले मन वहलाउन परिवार भनेपनि आफन्त भनेपनि पर्देशमा साथीभाइ अनि देशबासीको साथमा रहौँ भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
इन्टरटेन्टमेन्टले गर्न लागेको यो पहिलो कार्यक्रम भएतापनि भावी दिनहरुमा साँस्कृतिक कार्यक्रम, भेटघाट तथा पार्टी, भोज, साथै विविध कार्यक्रमहरुको पनि आयोजना र सहजिकरण गर्ने पनि बताएको छ । दशैँ नेपालीहरुको विशेष र रमाइलो चाड पनि हो । बर्षात ऋतुको अन्त्य भएर शरद ऋतुको स्वागत गर्दै प्रारम्भ हुने यो चाड देबी दुर्गाले बिनासकारी दानब महिषासुरको बध गरेर धर्मको स्थापनाको साथै असत्यमाथीको बिजय रुपमा मनाउने गरिन्छ ।
कार्यक्रममा लोकदोहोरी गायक चेतन घर्ती मगर, टासी लामा, गायिका शर्मिला लामा, पारस्वती तामाङ, अनु मगर, नृ्त्यानाङ्गानाहरु उर्मिला लामा, लजिमा मोक्तान र गुन्जा राईको बेजोड प्रस्तुति रहनेछ भने डिजे रेशम ग्याम्दान तामाङ र एमसी डिजे जोन छन्त्यालले गर्ने आयोजकले जानकारी दिएको छ ।