शंखुमा “सामाजिक लेखापरिक्षण तथा कर्मचारी विधाई कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । सिडिओ नेपालको आयोजनामा कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु वडा कार्यालयमा सोमबार कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाको प्रमुख आतिथ्यमा “सामाजिक लेखापरिक्षण तथा कर्मचारी विधाई कार्यक्रम”सम्पन्न भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरेले सिडिओ नेपालका कार्यक्रम संयोजक राममाया वाईवा तामाङले आयव्यय प्रस्तुत ,विभिन्न रोगका ६० जना महिला तथा बालबालिकाको स्वास्थ्य परिक्षण र सिडिओ नेपालका कर्मचारी,महिला स्वास्थ्य स्वयम् सेविकाहरुले शंखु हेल्थपोष्टका हेल्थ असिस्टेन्ट प्रेमकुमार चौधरी,अहेव सुरेशकुमार शाह,अनमी अस्मिता श्रेष्ठ र अनमी तारादेवी चौलागाईंलाई उत्कृष्ट कार्य गरेबापत सम्मानसहित विधाई गरेका छन् ।

उक्त कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका स्वास्थ्य प्रमुख नवलकिशोर महत्तो,वडाका वासिन्दाहरु,महिला स्वास्थ्य स्वयम् सेविकाहरु,कर्मचारी,जनप्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 23:33:10  643पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार