तामाङपेज संवाददाता ।
कास्की । पोखरा महानगरपालिका वडा नं.८ स्थित जाल्पादेवी महिला उद्धार समूहको “२१ औं वार्षिक साधारण सभा” समूहका पदाधिकारीहरु,सदस्यहरु,प्रमुख अतिथि,अतिथिगण र सरोकारवालाहरुको व्यापक उपस्थितिमा सोमबार सम्पन्न भएको छ ।
समूहको वार्षिक साधारण सभामा कार्य प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन लगायतका विषयहरुमा व्यापक छलफल गरि पारित गरिएको,प्रमुख अतिथि,अतिथि गणहरुलाई जाल्पादेवी महिला उद्धार समूहले मायाको चिनो प्रदान गरेको जनाएका छन् ।