तामाङपेज संवाददाता ।
ललितपुर । ललितपुर महानगरपालिका वडा नं.१८ मंगलबजार बस्ने वर्ष ३४ की उर्मिला महर्जनको गोदावरीबाट सातदोबाटो जानेक्रममा एप्पल कम्पनीको आईप्याड आईतबार हराएको भनेर महानगरीय प्रहरी प्रभाग बाँडेगाउँमा निवेदन परेपछि बाँडेगाउँ प्रहरीको सक्रियतामा नै आईतबार फेला पारी प्रदान गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरिक्षक श्यामकुमार कटवालले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं प्रभागका प्रहरी सहायक निरिक्षक योगराज सापकोटाले आईप्याड धनि महर्जनलाई फेला पारेको आईप्याड प्रदान गरेको जनाएका छन् ।
तस्बिर :
प्र.स.नि.अनिल चौंधरी