म गुड्छु !!!एनिका तामाङ


तामाङपेज काठमाडौ
तिम्रो शिर उच्च राख्न
म गुड्छु
तिमिले बिर्सेर राखेको
सुर्केथैली बोक्न
सपनाको महल बनाउन
हिरा मोतिको दाना सम्झिदै
म जस्तै नारीको
पिडाको भेल रोक्न
म गुड्छु ।
अनि पिडाको भारी अझै बोक्दै
लर्खराइ लर्खराइ हिडाइ
लर्बराइ लर्बराइ बोली
हिक्क हिक्क सास रहुन्जेल
म गुड्छु।

निलो सागर हुँ
छचल्किन्छु ।
त्यसमा पनि बेग छ ।

जति सक्दो पिडा देउ
म सहन्छु ।
त्यसैले
तिम्रो शिर उच्च राख्न
म गुड्छु ।
खुसिको पल पोको पारी राख
दुख  पिडा यत्तै पोखाउ
जत्ती छ बोकेर म गुड्छु ।
अधिकार तिम्रै
सुख सयल तिम्रै
के छ र मेरो
बोकेर हिड्दैछु दुख
म रुदा हासी रहोउल।
तिम्रो शिर उच्च राख्न
म गुड्छु।
जुन पीडामा जरा गाडेको छ l
निम्यट्यन्न पार्न
म गुड्छु ।

प्रकाशित: समय: 21:54:59  741पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार