तामाङपेज संवाददाता ।
ललितपुर । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोन्ज्योसोम-२ शंखुस्थित श्री भूमि थुम्का आधारभुत विद्यालयको आयोजनामा वडाअध्यक्ष ध्रुब घिमिरेको प्रमुख आतिथ्यमा “शुभकामना आदानप्रदान,साँस्कृतिक तथा छात्रवृत्ति प्रदान कार्यक्रम”आईतबार सम्पन्न भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं श्री भूमि थुम्का आधारभुत विद्यालयका शिक्षक बलमान ब्लोन तामाङले उक्त कार्यक्रममा प्रमुख अतिथि एवं वडाअध्यक्ष घिमिरेले विद्यार्थीहरुलाई स्टेसनरी,नगद छात्रवृत्ति प्रदान ,विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्नु भएको जनाएका छन् ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा वडा सदस्य पदमनारायण तिमल्सिना,विद्यालयका प्र.अ.दीपकबहादुर थापामगर,शिक्षक,शिक्षिका,अभिभावक ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,विद्यार्थीहरु,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गित समेत प्रस्तुत गरेका थिए । श्री भूमि थुम्का आधारभुत विद्यालयले गरेको शुभकामना आदानप्रदान ,साँस्कृतिक तथा छात्रवृत्ति प्रदान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद संजेलको सभाअध्यक्षतामा सम्पन्न भएको हो।