नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको भेला सम्पन्न, अध्यक्षमा बिपिन राई


तामाङपेज, मलेसिया।

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको साधारण भेला सफलता पूर्वक सम्पन्न भएको छ। क्वालालम्पुर स्थित होटल प्यासिफिकमा बिशेष भेला सम्पन्न भएको हो। भेलाले विभिन्न आगामी भावी कार्ययोजना माथि छलफल गर्दै महासंघमा रिक्त रहेका विभिन्न पदाधिकारीहरूको पदपूर्ति समेत गरेको छ।

आज सम्पन्न भेलाबाट रिक्त रहेका विभिन्न पदका पदाधिकारीहरु सर्वसहमत मनोनीत भएका छन् । पूर्व अध्यक्ष रविन राई स्वदेश फर्के पछि रिक्त रहेको अध्यक्ष पदमा किराँत याक्थुङ चुम्लुङका प्रतिनिधि बिपिन राई,बरिस्ठ उपाध्यक्षमा थारु सेवा समाज मलेसियाका संस्थापक अध्यक्ष घनस्याम चौधरी ,उपाध्यक्षमा तामाङ घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे मोक्तान तामाङ,कोषाध्यक्षमा नेपाल मगर संघ मलेसियाका केन्द्रीय सदस्य वीर बहादुर सारु मगर र सह-कोषाध्यक्षमा माझी समाज मलेसियाका अध्यक्ष चन्द्र माझी रहेको जनाएका छन्।

प्रकाशित: समय: 16:17:52  505पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार