आफुभन्दा ठुलाको आशीर्वाद लिएर मनाउँ दशै
आफुभन्दा सानालाई माया दिएर मनाउँ दशै
दोहोर्याएर पाईदैन यो अमुल्य जीवन
स्वास्थ्यको ख्याल राखेर मनाउँ है दशै
श्रीमतिको मंगलसुत्र दाउमा लगाएर जुवातास खेलेर नमनाउँ दशै
अर्को सालपनि आउँछ दशैं
पैसा नभए यो साल साधारण गरि मनाउँ दशै
आफुले त सधै पेटभरि खाएकै हो
असहायलाई एक छाक खुवाएर मनाउँ हैं दशै।।