तामाङपेज संवाददाता ।
तेह्रथुम । कुन्सालिङ / अरुण वरुण जे.भि.खाँदाबारी,संखुवासभाले निर्माण सम्झौता मिति भन्दा ६ महिना अगावै कोष तथा लेखा नियन्त्रक कार्यालय तेह्रथुमको नयाँ सुविधायुक्त भवन निर्माण सम्पन्न गरेको छ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं कुन्सालिङ/ अरुण वरुण जे.भि.का प्रबन्ध निर्देशक एवं निर्माण व्यवसायी मिगुर शेर्पाले कोष तथा लेखा नियन्त्रक कार्यालय म्याङलुङको नयाँ भवन निर्माणको लागत रु.२ करोड ६२ लाख ६८ हजार ३ सय २७ रुपैयाँ ७५ पैसा शहरी विकास तथा भवन निर्माण विभाग,डिभिजन कार्यालय धनकुटाले तयार पारेको सम्झौता अनुसार विं.सं.२०७४ चैत्र १९ गते सम्झौता गरेर शुरु गरिएको भवन विं.सं.२०७६ भाद्र १५ गते सम्पन्न भएको र सम्पन्न गर्नु पर्ने मिति २०७६ चैत्र १८ गतेसम्म रहेकोमा २ सय ११ दिन अगावै भवन निर्माण गर्न सफल भएको जनाएका छन् ।