जापानको गुन्मा केनमा प्रथम नेपाल फेष्टिवलको उदघाटन भव्य रुपमा सम्पन्न

वाटुलो घरको आकर्षण वेग्लै कार्यक्रम आजसम्म चल्ने

 

तामाङपेज

२९सेप्टेम्बर,गुन्मा जापान,

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै जापानको गुन्ममा प्रथम नेपाल फेष्टिवल २०१९ को आज एक भव्य समारोहका साथ उदघाटन सम्पन्न भएको छ ।  

नेपाली मौलिक संस्कार तथा संस्कृति, भेषभुषा, कला तथा भाषा धर्मलाई जापानीहरु विचमा चिनाउने र जहाँ रहेता पनि आफ्नो पराम्परा, संस्कार एवं संस्कृतिलाई जोगाइ राख्न सके भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ भन्ने उद्धेश्य पनि हो । नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारमा जापानी सांसदको टोली नै लागेर फेष्टिवल गराउनु र सहआयोजक रहनुले पनि जापानीहरुको नेपाल प्रतिको सद्भाव र प्रेम साँच्चै सराहनीय थियो । वौद्धनाथ स्तुपा र वुद्धको आँखा अंकित मन्च र नेपाली वाटुलो घर कार्यक्रमको आकर्षक थियो । 

कार्यक्रममा जापानका सांसद (कोकाइगिन)हासेगावा खाइची, गुन्म केनका सांसदद्धाय खागाया फुजिको र यागिता यासुयुकी, ओइजुमी शहरका मेयर मुरायामा तोसिअकि ,ओइजुमी प्रहरीका उपप्रमुख ताजिमा मासानोरी, खामेयामा नोबुओ, तानाका मासाको, युको ओकामोतो, राजन प्रधानाङ्ग बलराम श्रेष्ठ लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । 

१० बर्ष अघि २७ जना मात्र रहेको नेपाली अहिले ७०० को हारहारीमा पुगेको र ब्राजिल, पेरु पछि नेपाल तेस्रो स्थानमा रहेको बताए । अधिकांशले वक्तहरुले नेपालीहरु आफ्नो संस्कृति कला त आफ्नो भएकोले आफूवरीपरी मात्र नभएर जापानीहरुलाई चिनाउन लागिपर्नुपर्ने बताउँदै प्रथम नेपाल फेष्टिवल सफल्ताको शुभकामना दिए । 

कार्यक्रम स्थलमा विभिन्न जाती विशेष र नेपाली परिकारहरुको स्टलको साथमा युनिमनी, एसएनएस लगाएतका प्रविधि सम्बन्धी स्टल पनि राखिएको छ ।साथमा विभिन्न जातीहरुको झाँकी तथा नृत्य प्रदर्शन गर्नुका साथै गायक सुर्य खड्का, आसा कल्चरल म्युजिक व्यान्ड, जापानी नागरिक युको ओकामोतो, प्रज्ञा गिरी, विमल भण्डारी, लगायतले साँगीतिक प्रस्तुति दिएका थिए । 

वुद्धि शेरचनको अध्यक्षता तथा स्वागत , ओइजुमी शहरका मेयर मुरायामा तोसिअकिको प्रमुख आतिथ्यता र फेष्टिवलका संयोजक रन्जय आमत्यले कार्यक्रम बारे प्रकाश पारेको औपचारिक कार्यक्रम निरज गुरुङले संचालन गरेका थिए भने अनौपचारिक कार्यक्रम राम गुरङ र धर्मिका घिमिरेले संचालन गरेका थिए । 

प्रकाशित: समय: 4:42:09  105पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार