तामाङ डाजाङको दशौं महाधिवेशन सम्पन्न,अध्यक्षमा फुलकुमार बम्जन निर्वाचित


तामाङपेज संवाददाता ।

काठमाडौं । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको दशौं महाधिवेशन नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यालय चुच्चेपाटी ,काठमाडौंमा शनिबार सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले संस्थाको उपाध्यक्ष मणिकलाल घिसिङ,सचिव निकिता लामा,सहसचिव साम्देन दोङ,कोषाध्यक्ष फुलमाया लामा,सदस्यहरु: दाम्जेदोर्जे मोक्तान,हिरामाया घिसिङ,शान्ति लामा,वाङछु पासाङ तामाङ,तेज योन्जन,ईश्वर थोकर,कविराज तामाङ,स्वयम्बरसिंह लामा,रचना मोक्तान,हिरामाया घिसिङ”कुसुम”,मानकाजी पाख्रीन तामाङ निर्वाचित भएका छन् ।

तामाङ डाजाङ साहित्यिक संस्था विं.सं.२०५८ सालमा स्थापित संस्थाले साहित्य लेखन,पत्रिका,साहित्यिक पुस्तक प्रकाशन,नियमित साहित्यिक कार्यक्रम संचालन जस्ता विभिन्न कार्यक्रम,साहित्यिक गतिविधि गर्दै आईरहेको छ ।

प्रकाशित: समय: 16:20:02  833पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार