तामाङपेज संवाददाता ।
संखुवासभा । खाँदाबारी नगरपालिका वडा नं.९ तुम्लिङटारमा “तुम्लिङटार स्वास्थ्य चौंकी भवन” निर्माण सम्पन्न सम्झौता मिति पुग्नु भन्दा ४ महिना अघि नैं स्वास्थ्य चौकी भवन निर्माणको कार्य कुन्सालिङ/अरुण वरुण जे.भि.कन्स्ट्रक्सनले सकाएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदै कुन्सालिङ/अरुण वरुण जे.भि.कन्स्ट्रक्सनका निर्देशक मिगुर शेर्पाले शहरी विकास तथा भवन निर्माण विभाग,डिभिजन कार्यालय धनकुटाले तयार गरेकोमा विं.सं.२०७५ असार २५ गते कार्य शुरु भइ आगामी २०७६ पुस २४ गते सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि सो मिति अगावै तुम्लिङटार स्वास्थ्य चौकी भवन निर्माण गरेको जनाएका छन् ।
देशभर तोकेको समयमा निर्माण व्यवसायीहरुले काम नगरेको ,कार्य सम्पन्न नगरेको गुनासो व्यापक जनस्तरबाट आई आलोचना भइ रहेको बेला संखुवासभा जिल्लामा रहेको कुन्सालिङ / अरुण वरुण जे.भि.कन्स्ट्रक्सनले गरेको यो उदाहरण कार्यले निर्माण व्यवसायको क्षेत्रमा मात्र नभई देशैभर सकारात्मक संदेश प्रवाह गरेको छ ।
तुम्लिङटार स्वास्थ्य चौकी भवन निर्माणको लागत सम्झौता रु.१ करोड ७९ लाख ५२ हजार ४ सय ३५ रुपैयाँ ३७ पैंसा रहेको संखुवासभा कुन्सालिङ / अरुण वरुण जे.भि.कन्स्ट्रक्सनका निर्देशक एवं संखुवासभाका युवा निर्माण व्यवसायी मिगुर शेर्पाले तामाङपेजसँगको कुराकानीमा बताएका छन् ।