तामाङपेज संवाददाता ।
भारत । अन्तर्राष्ट्रिय तामाङ परिषदको दक्षिण एशिया क्षेत्रीय सम्मेलन बैठक बुधबार भारत र भुटानको सिमाना पर्ने जय गाउँमा सम्पन्न भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष कुमार ब्लोनले बैठकमा नेपाल,भारत,भुटानका प्रतिनिधिहरु सम्मिलित बैठक अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष के.एम.तितुङ तामाङको अध्यक्षतामा अन्तर्राष्ट्रिय तामाङ परिषदका पुर्व अध्यक्ष महेन्द्रजंग तामाङ,नेपाल,भारत र भुटानका क्रमश प्रतिनिधिहरु नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ,भारतका प्रतिनिधि कुमार गोले र भुटानका प्रतिनिधि प्रेम तामाङ लगायतका प्रतिनिधिहरुको सहभागितात्मक उपस्थितिले आउँदो डिसेम्बरको पहिलो साता अन्तर्राष्ट्रिय तामाङ परिषदको दक्षिण एशिया क्षेत्रीय सम्मेलन भारत र भुटानको सिमावर्ती जय गाउँमा भब्य रुपमा गर्ने निर्णय भएको जनाएका छन् ।