तामाङपेज, टोकियो।
जापान।
नेपाली राजदुताबास टोकियोमा NRNA जापानको नयाँ कार्यसमिति र नेपाली राजदुताबास बीच हिजो शिष्टाचार भेटबार्ता सु:सम्पन्न भएको छ। नेपाली राजदुताबासको तर्फबाट जापानका लागि नेपाली राजदूत प्रतिभा राणा,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल लगायत नेपाली राजदुताबास टोकियो परिवार रहेको थियो भने NRNA जापानको तर्फबाट नव निर्बाचित अध्यक्ष देबीलाल भण्डारीको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्ग लगायत कार्यसमितीका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
नवनिर्बाचित कार्यसमितिका सम्पूर्णपदाधिकारी तथा सदस्यहरुलाई राजदूत प्रतिमा राणाले खादा ओढाएर हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो।
उक्त अबसरमा नबनिर्बाचित अध्यक्ष देबीलाल भण्डारीले सदा झै नेपाली राजदुताबासको साथ र सहयोग रहनेमा आफू बिश्वस्त रहेको र जसमा आफूले जहिले पनि राजदुताबासको सहकार्यमा जापान स्थित नेपालीका हक़ हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यसै क्रममा नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले दुताबासबाट प्रकाशित हुने महत्वपूर्ण सूचनाहरु सम्पूर्ण जापानबासी नेपालीहरुमा पुर्याउन सबैले बिशेष पहल गर्नु पर्नेमा जोड़ दिए। आफ्ना भनाई राख्ने क्रममा राजदूत प्रतिभा राणाले NRNA जापान २०१९-२०२१ र्कायकालको टिमले सम्पूर्ण क्षेत्रलाई समेटेको आफुलाई महसूस भएको कारण काम गर्न धेरै सजिलो हुने भएकोले जापान बासी नेपालीहरुको हितमा काम गर्न अनुरोध गरिन्।