तामाङपेज संवाददाता ।
ललितपुर । श्री महेन्द्र भृकुटी मावि एकान्तकुनाको “६१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम”ललितपुर महानगरपालिकाका महानगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा महानगर उपप्रमुख गिता सत्यालको विशेष आतिथ्यमा मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्नुहुँदैं प्रमुख अतिथि एवं महानगर प्रमुख महर्जनले विद्यालयको हल निर्माण गर्नको निमित्त ललितपुर महानगरपालिकाले रु.१५ लाख आर्थिक सहयोग गर्ने बताउनु भयो । विशेष अतिथि तथा नेपाली काङ्ग्रेसका युवा नेता एवं नेपाल शिक्षक संघका पुर्व राष्ट्रिय उपाध्यक्ष सुदर्शन घिमिरेले सामुदायिक तथा निजि विद्यालयमा विद्यार्थीहरुलाई कक्षा कोठाबाट सकारात्मक सोचको बारेमा नैतिक शिक्षा,संस्कार,संस्कृति ,परम्पराबारे विद्यार्थीहरुलाई शिक्षा दिनु पर्नेमा जोड दिएका थिए।
उक्त कार्यक्रममा विशेष अतिथि एवं डा.प्रा.ऋषि शाहले विद्यालयलाई एक थान ल्यापटप सहयोग स्वरुप प्रदान गर्नु भएको थियो । एकान्तकुनामा आयोजित वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष एवं विद्यालयका सल्लाहकार लोकबहादुर खड्का लगायतले विद्यालय तथा शिक्षाको बारेमा मन्तब्य राखेका थिए।
वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार,सम्मान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरेको विद्यालयका प्र.अ.पुष्पराज जोशिले जनाएका छन् । उक्त कार्यक्रम श्री महेन्द्र भृकुटी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत सिंहको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।