तामाङपेज संवाददाता ।
सिन्धुपाल्चोक । सुखी र समृद्ध राष्ट्रिय सोच,समाज विकास हाम्रो अठोट भन्ने मुल नाराकासाथ समाज कल्याण परिषदले ४० औं सामाजिक विकास सेवा दिवसको अवसरमा सोमबार राजधानीमा सामाजिक विकास सेवा समारोह नेपाल सरकारका उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा महिला,बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाको विशेष आतिथ्यमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं उपराष्ट्रपति पुनले सामाजिक विकास सेवा दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र तथा पुरस्कार प्रदान गर्ने क्रममा सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं.२ का सामाजिक अभियन्ता दावा लामालाई विं.सं.२०७६ सालको “समाज सेवा पुरस्कार”बाट सम्मानित भएका छन् ।
पुरस्कृत लामा,विगत १६ वर्षदेखि समाजसेवाको क्षेत्रमा समर्पित भइ पिछडिएका समुदायको शैक्षिक गुणस्तर अभिवृद्धि लगायतका विभिन्न कार्य गरि विशेष योगदान गर्नु भएबापत समाज कल्याण परिषदले पुरस्कार प्रदान गरेको हो ।