कविकिरण न्यौपाने,
२३ सेप्टेम्बर,नागोया जापान ,
जापानमा संगठित दुई विद्यार्थी संस्थाविच आईतवार एकता अधिवेशन सम्पन्न भएको छ । जापानमा रहेको नेपाली विद्यार्थी समाज जापान र नेपाल जापान विद्यार्थी समाज विच एकता महाधिवेशन सपन्न भएको हो। एकता पछि संस्थाको नाम नेपाली बिद्यार्थी समाज जापान ( नेसाज ) राखिएको छ।
जापानको सुन्दर नगर नागोयाको ओका काईकान मिटिङ हलमा सम्पन्न उक्त कार्यक्रम चेतन पौडेलको अध्यक्षता र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
नवनिर्वाचित कमिटीको अध्यक्षमा कृष्ण भुषाल चयन भएका छन् भने वरिष्ठ उपाध्यक्ष प्रकाश भण्डारी क्षेत्री, उपाध्यक्ष शंकर भुषाल र बिपिन हुमागाई ,क्षेत्रिय उपाध्यक्ष दामोदर वस्ती, महासचिव अजय राना, सचिव सुमन केसी, सह-सचिव सन्तोष पन्थी, कोषाध्यक्ष बिकाश अधिकारी र सह-कोषाध्यक्ष पवन श्रेष्ठ चयन भएका छन्। त्यस्तै गरी सदस्यहरुमा रीतु थापा, केशब सुबेदी, सागर भण्डारी क्षेत्री, सुनिल ज्ञवाली, सुरेन्द्र गिरि, दिनेश महर्जन, रिन्कु कार्की, सुदिप पाण्डे, राजन भट्टराई, दीपक अधिकारी, कृष्ण बखती चयन भएका छन् ।समाजको मुख्य संरक्षकमा चेतन पौडेल र संरक्षकमा तेज प्रसाद गुरुङ रहेका छन् ।
समाजको कार्यसमिति र्निविरोध चयन भएका थिए। कार्यक्रममा जापानमा रहेका विभिन्न संघसंस्थाहरु संग अन्तरक्रिया गरिनुको साथै सामाजिक कार्यमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा विविध सांगितिक कार्यक्रमको प्रस्तुति पनि रहेको थियो ।