तामाङपेज संवाददाता ।
कास्की । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवक भन्ने मुलनाराकासाथ “पोखरा उपत्यका बृहत् सफाई अभियानको १७३ औं शृङ्खला “लेकसाईडस्थित कोमागाने पार्कमा शनिबार भब्य रुपमा सम्पन्न भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेलले सफाई अभियानमा पोखरा महानगरपालिका वडा नं.६ वडाअध्यक्ष जगतबहादुर पहरी,नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनका क्षेत्रीय अध्यक्ष गजबहादुर गुरुङ,सदस्यहरु हरि पहरी,विष्णु भट्टराई,सरसफाई अभियन्ता लोकदर्शन कोईराला,सरसफाई अभियन्ताहरु,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल,खहरे आमा समूह,वित्तिय संस्थाहरु,मितेरी नारी समूह,माछापुच्छ्रे महिला क्लब,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको उक्त अभियानको कार्यक्रम संचालन नागरिक समाज कास्की अध्यक्ष विष्णुहरी अधिकारीले गर्नु भएको थियो ।