श्री चन्दनपुर बहुउद्देश्यीय सहकारी संस्थाको “रजत वर्ष प्रतिक चिन्ह” सार्वजनिक


तामाङपेज संवाददाता ।

ललितपुर । महाँकाल गाउँपालिका वडा नं.५ चन्दनपुरमा रहेको श्री चन्दनपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २५ औं वर्षमा प्रवेश गरेको सन्दर्भमा शुक्रबार ललितपुरमा पुर्व गृह राज्य मन्त्री एवं सहकारी राष्ट्रिय महासंघका पुर्व राष्ट्रिय अध्यक्ष दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा “रजत वर्ष प्रतिक चिन्ह” सार्वजनिक गरेको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं श्री चन्दनपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्र बजगाईले आउँदो कातिक १ र २ गते ललितपुरको चन्दनपुरमा संस्थाको रजत वर्ष भब्य रुपमा मनाउने जनाएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका युवानेता ॠषिराम घिमिरे,प्रदेश नं.३ सहकारी राष्ट्रिय महासंघका अध्यक्ष रामशरण शर्मा,जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधब दुलाल,जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरण महर्जन,जिल्ला सहकारी संघ ललितपुरका उपाध्यक्ष रामशरण बस्नेत,महाँकाल -५ चन्दनपुर वडाअध्यक्ष खोमप्रसाद दहाल,राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरे,नेपाली काङ्ग्रेसका युवा नेता ॠषिदेव फुँयाल लगायतका महानुभावहरुको सहभागिता रहेको थियो।

स्वागत मन्तब्य श्री चन्दनपुर बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष एवं लेखा समिति संयोजक रामसुन्दर केसिले ब्यक्त गरेका थिए ।

रजत वर्ष प्रतिक चिन्ह सार्वजनिक समारोहमा संस्थाका पदाधिकारीहरु ,सदस्यहरु लगायत अन्य महानुभावहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 7:15:31  2537पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार