दोस्रो रनिङ कप भलिबल प्रतियोगितामा गल्कोट स्पोर्टस क्लब टोकियो प्रथम


दुर्गा खत्री

२० सेप्टेम्बर,टोकियो जापान,

नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा भएको दोस्रो मैत्रीपूर्ण रनिङ कप भलिबल प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रथम स्थान हाँसिल गरेको छ।

जापानको साइतामा केनमा रहेको तोडा स्पोर्ट्स सेन्टरमा भएको प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लब, नेपाल जापान युथ क्लब, सनसाइन क्लब ,घुम्टे युवा परिवार जापान,मिलन रेस्टुरेण्ट, मोना जापान, नेपाल भलिबल संघ जापान र गल्कोट समाज जापान सहभागि थिए।

 रोजगारीका लागि बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियो क्षेत्रवरीपरी रहने युवाहरुको साझा संस्था गल्कोट स्पोर्ट्स क्लव बिशेष गरि भलिबलमा सक्रिय हुँदै आएको छ।प्रतियोगिताको फाइनलमा मोना जापानलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पारेका क्लवले उद्घाटन खेलमा नेपाल युथ क्लवलाई पछाडी पार्दै सेमिफाइनलमा भने घुम्टे युवा परिवार जापानसंग प्रतिस्पर्धा गरेको थियो।

फाइनल खेलको उदघाटन भने कार्यक्रमका प्रमुख अतिथि नेपाल व्यवसायी संघ जापानका अध्यक्ष तथा मातृशन्देश डटकमका संरक्षक विजय थकाली, विशेष अतिथि  एवं नेपाल राष्ट्रीय खेलकुद परिषदका वोर्ड सदस्य अस्मिता गुरुङ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष टासी वाङदी लामा, अतिथीहरु पश्चिमअन्चल भलिवल संघका संस्थापक अध्यक्ष श्री गुरुङ , गल्कोट समाज जापानका अध्यक्ष डिलु खत्री,   गल्कोट समाजका महासचिव कृष्ण के.सी, गल्कोट स्पोर्ट्स क्लव जापानका संस्थापक अध्यक्ष गिरी शेरचन, व्यवसायी हरिचन्द्र लामा, दीपिका इन्टरनेशनल प्रालिका चन्द्र खत्री, एनआरएनए जापानका युवा संयोजक र उपाअध्यक्ष राम थापा ‘अनिल’ र नविन निउरे, पूर्व राष्ट्रीय खेलाडी यम खत्री,  घुम्टे युवा परिवार जापानका अध्यक्ष दिल बहादुर थापा ‘रामु’, एनआरएनए नागोयाका उपसंयोजक रामु थापा, गल्कोट स्पोटर्स क्लवका संस्थापक अध्यक्ष रत्नसिंह बस्नेत, गायक तथा संगीतकार रामकृष्ण वम मल्ल, लोकदोहोरी गायिक अनुजा पुडासैनी लगायतले खेलपूर्व हात मिलाकर हौसला बढाएका थिए ।

काठमाण्डौको नयाँ बसपार्कमा आयोजित प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिवल प्रतियोगिता २०७६ मा पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले सहभागिता जनाएको थियो भने स्टूडेण्ट्स युनियनले आयोजना गरेको तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पनि दोस्रो उपाधि उचाल्न सफल भएको थियो।क्लवले जापानमा रहेका युवाहरुलाई खेल मार्फत भाईचाराको बिकास गर्ने र नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आईरहेको छ।

प्रकाशित: समय: 18:45:26  623पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार