काठमाडौं । लामो समयदेखि सहकारी आन्दोलन र सहकारीको उन्नति ,हित,दिगो विकासमा लागि पर्नु भएका ललितपुरका वरिष्ठ युवा सहकारीकर्मी एवं राष्ट्रिय सहकारी बैंकका पुर्व संचालक रामशरण शर्मा घिमिरे मंगलबार ईन्द्रेणी फुडल्याण्ड ,नयाँ बानेश्वरमा प्रदेश नं.३ सहकारी संघ तदर्थ समितिको अध्यक्षमा सर्वसहमत निर्वाचित हुनु भएको छ।
राजधानीमा मंगलबार नयाँबानेश्वरमा जिल्ला सहकारी संघ एवं विषयगत जिल्ला संघका प्रतिनिधिहरुको भेलाहरुले वरिष्ठ युवा सहकारीकर्मी घिमिरे प्रदेश नं.३ सहकारी संघ तदर्थ समितिको अध्यक्ष सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।