ललितपुर । महालक्ष्मी- १० फेदीखोलास्थित श्री कालिदेवी माविको “३१ औं अभिभावक दिवस ” महालक्ष्मी नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकारी रामबन्धु सुवेदीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं प्रमुख शिक्षा अधिकारी सुवेदीले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न तयार रहेको ,महालक्ष्मी नगरपालिकाले समुदायमा आधारित छुट्टै पाठ्यक्रमको निर्माण तथा विकास गर्न लागेको जनाएका थिए। ललितपुरको ग्वार्कोबाट १७ किमि टाढा रहेको उक्त विद्यालयमा आयोजित कार्यक्रम शिक्षिका सृजना श्रेष्ठको संचालन र शिक्षक विष्णु राजथलाले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि एवं गोदावरीखोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबि राजभण्डारी थापाले श्री कालिदेवी माविका अध्यक्ष सुरेन्द्र तामाङ,प्र.अ.शेरबहादुर बस्नेत ,शिक्षिका,छात्राहरुलाई सहयोग स्वरुप २ सय ६० थान सेनेटरी प्याड सहयोग स्वरुप प्रदान गरेकी थिइन् । महानगरीय प्रहरी प्रभाग लुभुले समुदायसँग प्रहरी – साझेदारी कार्यक्रमको बारेमा जानकारीसमेत गराएका थिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले कविता ,गित र नृत्यको प्रस्तुति समेत गरेका थिए भने कार्यक्रममा राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्ला अध्यक्ष सुरेन्द्र घिमिरे,महेन्द्रग्राम माविका प्र.अ.भरतबाबु खनाल,शुभतारा बोर्डिङ स्कुलका प्र.अ.ख्यमनाथ तिमल्सिना लगायतले विद्यालयको चौतर्फी विकासमा जोड दिनु भएको थियो । विद्यालयका प्र.अ.शेरबहादुर बस्नेतले प्रगति प्रतिवेदन ,भावी कार्य ,शिक्षिका शारदा वाईवा तामाङले आर्थिक प्रतिवेदन अभिभावकहरु समक्ष पेश गरेका थिए । शिशुदेखि कक्षा १० सम्म संचालित श्री कालिदेवी माविमा शत प्रतिशत तामाङ समुदायका बालबालिकाहरु गरि ८४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
अभिभावक दिवस कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं.१० फेदीखोलाका वडाअध्यक्ष बलराम तामाङ,महालक्ष्मी नगरपालिका शिक्षा शाखाका अधिकृत सुनिता याङहाङ,महानगरीय प्रहरी प्रभाग लुभुका प्रहरी नायव निरिक्षक भुवन खड्का,महालक्ष्मी नगरपालिका राष्ट्रिय शिक्षक संगठन अध्यक्ष निलप्रसाद दुलाल ,लाकुरी भन्ज्याङ प्रहरी चौंकीका सहायक प्रहरी निरिक्षक थिरबहादुर ओलि ,वडाका वडा सदस्यहरु,अभिभावकहरु,शिक्षक,शिक्षिका,विद्यार्थीहरुको सहभागिता रहेको थियो । श्री कालिदेवी माविको अभिभावक दिवस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।