एनआरएनए जापानका निवर्तमान महासचिवको आईसीसी सचिवमा उमेदवारीको घोषणा


सजिना मोक्तान,

सेप्टेम्बर १६,

टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ ,अन्तराष्ट्रीय समन्वय परिषदको आगामी कार्यकालका लागि हुने आइसीसी महाधिवेशनमा  एनआरएनए जापानका निवर्तमान महासचिव वुद्धिराज घिमिरेले सचिवमा उमेदवारी घोषणा गरेका छन् ।

नेपालमा ३ बर्ष प्रशासनिक फाँटमा अनुभव वटुलेका घिमिरे एनआरएनए जापानको कान्तो क्षेत्रको सचिव हुँदै एनआरएनए जापानको सचिव र महासचिव भएर कार्यकाल पूरा गरिसकेका छन् । आफ्नो अनुभवलाई सदुपयोग गर्नुका साथै आइसीसीको सचिवमा दावेदार गर्दै गर्दा प्रवासी नेपालीहरुसँगको सम्वन्ध र सहकार्यलाई थप मजबुद गर्नको लागि आफुले सचिवमा उम्मेद्धारी दिने घोषणा गरेको जानकारी दिए ।

सन् ०११-०१३ मा कान्तो क्षेत्रको सचिवमा निर्विरोध चयन भएका घिमिरे सन् ०१५ -०१७ मा एनआरएनए जापानका सचिव थिए । यद्यपी सो समयमा महासचिवको अनुपस्थितिमा कार्यभार समहालेका घिमिरे ०१७-०१९मा एनआरएनए जापानको निवर्तमान महासचिव हुन् । जापानमा एक दशकदेखी रेष्टुरेण्ट र रेमिट्यान्सको व्यवसाय गर्दै आएका घिमिरेले एक दर्जन भन्दा बढी संघसंस्थामा रहेर सफल जिम्मेवारी पुरा गरेको अनुभव छ ।

आसन्न एनआरएनए आइसीसीको ग्लोवल सम्मेलन अक्टोवर १५,१६ र १७ तारिख काठमाडौंमा हुदै छ भने २०१९ /२१ को अभियानलाई निरन्तरता दिने घोषणा गरेका घिमिरेले क्षेत्रीय समिति र एनसिसिमा आफुले गरेको कामको अनुभव, जिम्मेवारी र अग्रजलाई स-सम्मान गर्दै सचिवमा उमेदवारी दिन लागेको बताए । एनसीसी जापानको सन्दर्भमा सुदन थापाको नेतृत्व कालमा सचिव र टासि वाङदी लामाको नेतृत्व रहँदा महासचिवको भुमिकामा रहेका घिमिरेले निम्न योजना सहित आईसीसी सचिवको उमेद्वारी दिएको जिकिर गरे । 

एनआरएनए जापानको निवर्तमान महासचिव घिमिरेको प्रतिबद्धता निम्न छन् ।

१. आईसीसी र एनसीसी बिचको सम्वन्ध , समन्वय र सहकार्यमा बिशेष भुमिका निर्वाह गर्ने ।

२. आयमुलक तथा सेवामुलक कार्य विस्तारको लागि पहल गर्ने ।

३. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप नेपालको पर्यटन प्रर्वद्धनको लागि नेपाल सरकार पर्यटन मन्त्रालय र पर्यटन संगको समन्वयमा एनआरएनए एनसीसी कार्यालयबाटै पर्यटन र प्रर्वद्धनको सूचना उपलब्ध तथा विषय विज्ञ श्रोत व्यक्ति तय गरिने।

४. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप बिदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयनको लागि एनआरएनए मार्फत पहलकदमी गर्ने ।

५. जापानको एनसीसीले राखेको प्रस्ताव अनुरुप बिदेशमा अलपत्र, वेवारिसे तथा मृत्यु भएका व्यक्तिको उद्धार गरि नेपाल लैजान सरकारी संलग्नता सुनिश्चित गर्न बिदेश जाने समयमै निश्चित शुल्क लिएर नेपाल सरकारले जिम्मेवारी लिन दूतावास तथा एनआरएनए मार्फत पहल गर्ने

६.एनसीसी जापानले विद्यार्थीहरुको लागि लागु गरेको छात्रवृति अभियान सम्भव भए सम्म सबै एनसीसीलाई गर्नको लागि सहयोग गरिने।

७.विषय विशेषज्ञहरुको विज्ञताबारे संकलन गरिएको तथ्यांकलाई विज्ञता अनुसार बिश्वमा रहेका नेपालीको हित सहित समृद्ध नेपाल निर्माणमा सहयोगी बन्ने कार्यक्रम तय गर्ने।

८.आगामी कार्यकालबाट बिधानको नेपाल सरकारको मापदण्ड अनुसारका गैरआवसीय नेपाली सोतहरु निःशुल्क सदस्य हुने अभियान चलाउने।

९.पर्यटन बर्ष २०२० र २०२० को जापानमा हुने ओलम्पिकको लागि बिशेष महत्व दिदै सरोकारवाला संग समन्वय र सहकार्य गरि एेतिहासिक कार्यकाल वनाउने !

प्रकाशित: समय: 13:51:15  207पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार