तामाङपेज संवाददाता ।
सिन्धुली । अधिकार सहितको हाम्रो पहिचान,सम्वृद्ध मगर हाम्रो अभियान भन्ने मुल नाराकासाथ नेपाल मगर संघ सिन्धुलीको ७ औं जिल्ला अधिवेशन आईतबार ललितपुर जिल्ला क्षेत्र नं.१ (क) प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाको प्रमुख आतिथ्यमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाल मगर संघ सिन्धुलीको ७ औं सम्पन्न जिल्ला अधिवेशनले अम्बिका खुलालमगरको अध्यक्षतामा १३ सदस्यिय नेपाल मगर संघ जिल्ला कार्य समिति सिन्धुली निर्विरोध निर्वाचित भएको जनाएका छन् ।
उक्त अधिवेशनमा जिल्ला भरका अधिवेशन प्रतिनिधिहरु,विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।