सजिना मोक्तान
सेप्टेम्बर १५,टोकियो जापान,
नेपाली गीत सांगीतिको क्षेत्रमा सक्रिय रहँदा रहँदै इपिएस मार्फत कोरिया पुगेका गायक पेमा लामा(वाईबा) कर्मभूमि कोरियामा रहँदा पनि संगीतसंग आफूलाई समाहित गर्न भने छाडेनन र त्यही संगीत साधानाबाट जन्मियो “सउल घुम्न जाँदामा..” बोलको बेजोडको म्युजिक भिडियो ।
“दोर्जे ग्याडम् रिमठिम फेबे समूह” मार्फत तामाङ भाषाको गीति एल्बम “दुःखला न्हान्” बाट औपचारिक सांगितिक यात्रा शुरु गरेका लामा हाल कोरियामा छन्। अहिलेका चर्चित गायिका पूर्णिमा लामाको स्वर रहेको “मन पराउने मायालु”,गीत समेत वाइवाको आफ्नै शब्द, संगित रहेको छ। वाइबाको “सउल घुम्न जाँदामा” हाई लाइट्स नेपाल बाट सार्वजनिक गरिएको हो ।
साँगितिक क्षेत्रको यात्रा “दुःखला न्हान्” ,”छार नेपाल “गीति एल्बम र “मन पराउने मायालु..” गीत हुँदै “सउल घुम्न जाँदामा..” सम्मको यात्रामा वाइवाले केही गीतहरूमा आफ्नो स्वर र संगीत दिएका छन्। सउल घुम्न जाँदामा ..गीत कोरियाको राजधानी वरिपरि छायांकन गरिएको छ । यस गीतमा गायक स्वयं र नानु पुनको अभिनय रहेको छ ।रिकमान थापा मगरको निर्देशन रहेको म्युजिक भिडियो भिसन काउछा मगरले खिचेका हुन् ।आगामी साँगितिक यात्राका लागि पेमा लामा वाइबालाई हाम्रो पनि शुभकामना ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।