टोकियोमा मन्त्री पुन र घिसिङसंग वृहत अन्तरक्रिया हुने


तामाङपेज संवाददाता, 

१५ सेप्टेम्बर,टोकियो जापान,  

जापानको राजधानी टोकियोमा आउँदो सेप्टेम्वर २४ तारिख मंगलवार ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग बृहत अन्तरक्रिया हुने बताइएको छ । 

“समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीहरुको भूमिका” विषयक अन्तरक्रियामा मन्त्री पुन र उज्यालो नेपाल अभियानका अभियान्त तथा प्राधिकरणका निर्देशक घिसिङसंग जापानबासी नेपालीहरूले प्रत्यक्ष भेटघाट तथा अन्तक्रियामा साक्षात्कार गर्ने अवसर पाउने भएका छन् । 

जाईकाको औपचारिक कार्यक्रममा जापान आउन लागेका मन्त्री  पुन र निर्देशक घिसिङ सेप्टेम्वर २४ तारिखकै दिन ओसाका विमानस्थल हुँदै ५ जनाको टोली सहित टोकियो आउने कार्यक्रम रहेको अन्तरक्रिया कार्यक्रमका आयोजक सदस्य बावुराम पौडेलले जानकारी दिए । 

कार्यक्रम मंगलवार बेलुकी ६ बजेबाट टोकियो स्थित नेरिमा कल्चरल सेन्टरको सभाहलमा हुने बताएको छ । सम्बोधन, प्रत्यक्ष अन्तर्क्रिया र मोटिभेसन कार्यक्रममा उपस्थित भइ नयाँ नेपालको निति तथा योजना तर्जुमा सम्बन्धी जानकारी लिन सम्पूर्ण जापानबासी नेपाली समुदायलाई आयोजकले अनुरोध समेत गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा आयोजक प्रवासी नेपाली एकता मञ्चले नि:शुल्क प्रवेशको ब्यवस्था गर्ने कार्यक्रमका संयोजक मोहन पौडेलले जानकारी दिए ।

प्रकाशित: समय: 11:18:09  1011पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार