तामाङपेज संवाददाता ।
कास्की । पोखरा महानगरपालिका वडा नं.११ स्थित फुलबारीमा कार्यक्रम संचालन तथा दक्ष नेतृत्व उत्पादन गर्ने उद्धेश्यले खिलाङ गुरुङ महिला समितिको आयोजनामा खिलाङ गुरुङ समाजको व्यवस्थापनमा “तिनदिने उदघोषण तथा नेतृत्व विकास तालिम” शनिबार मादी गाउँपालिका वडा सदस्य टिकाराम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
खिलाङ गुरुङ महिला समितिका अध्यक्ष टीका गुरुङकानुसार उक्त तालिममा ६० जना महिला तथा पुरुषहरुले तालिम लिएको जनाएकी छिन् । तालिमको समापन समारोहमा तिनदिनसम्म संचालन भएको प्रशिक्षणमा प्रशिक्षणको अवधिमा सिकेका सिकाई र अनुभवबारे प्रशिक्षार्थीहरु कुलसुवा गुरुङ,लिला गुरुङ,शेरबहादुर गुरुङ र अनु गुरुङले अनुभुती सुनाएका थिए ।
समापन समारोहमा प्रमुख अतिथि एवं मादी गाउँपालिका वडा सदस्य टिकाराम गुरुङ,खिलाङ गुरुङ समाज सचिव पुर्णबहादुर गुरुङ,खिलाङ आमा समिति अध्यक्ष सुकुनादेवी गुरुङ,खिलाङ गाउँको चिनारी म्युजिक भिडियोका अध्यक्ष नरकाजी गुरुङ ,गोर्खाली रेडियोकी स्टेसन प्रबन्धक खिमा गुरुङले वर्तमान सन्दर्भमा उदघोषण कला र नेतृत्व विकासको बारेमा आ- आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।
गोर्खाली रेडियोकी स्टेसन प्रबन्धक एवं संचारकर्मी खिमा गुरुङले बढो सरल तरिकाले उदघोषण र नेतृत्व विकास तालिमबारे प्रशिक्षण दिएकी थिइन् । समापन समारोहको संचालन खिलाङ गुरुङ महिला समितिका सचिव धनकुमारी गुरुङ(पार्वती)ले संचालन र समितिका अध्यक्ष टीका गुरुङको सभाअध्यक्षतामा तिनदिने उदघोषण तथा नेतृत्व विकास तालिमको समापन भएको थियो ।