तामाङपेज संवाददाता ।
ललितपुर । विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी ठैंव उपशाखाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी उपशाखा भारदेउको सहआयोजनामा कोन्ज्योसोम गाउँपालिका वडा नं.५ भारदेउमा ” पानीजन्य रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम” शनिबार सम्पन्न भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ललितपुरको निवर्तमान सभापति बेखामान व्यन्जनकारले उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा ठैंवका सभापति हरि महर्जन,नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य दिनेश श्रेष्ठ,नेपाल रेडक्रस सोसाईटी उपशाखा भारदेउ सभापति मिलन तामाङ, रेडक्रसका स्वयंसेवकहरु लगायतको सहभागिता रहेको जनाएका छन् ।
पानीजन्य रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रममा १ सय ३० जनालाई जीवनजल,अक्वाट्याव,पीयूष,साबुन,पर्चा सामग्री प्रदानको साथमा डेंगो रोगबारे बच्ने उपायकाबारे जनचेतना प्रदान गरेको निवर्तमान जिल्ला सभापति बेखामान व्यन्जनकारले बताउनु भएको छ । कार्यक्रममा भारदेउका स्थानिय दाजुभाई तथा दिदिबहिनिहरुको व्यापक सहभागिता रहेको थियो।