तामाङपेज संवाददाता ।
कास्की । राईजिङ स्टार युथ क्लबले रु.१५ हजार र गोलपाटन आमा समाज पोखराले रु.१० हजार गरि जम्मा रु.२५ हजार आर्थिक सहयोग मुटु रोगी राजकुमार विश्वकर्माको उपचारको लागि शनिबार प्रदान गरेका छन् ।
राईजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङले आर्थिक अभावकाकारणले उपचारमा कठिनाई भएकाले क्लब र समाजले आर्थिक सहयोग प्रदान गरेको जनाउनु भएको छ ।