तामाङपेज संवाददाता ।
कास्की । पोखरा उपत्यका बृहत् सफाई अभियानको १७२ औं र खहरे आमा समूहको १३३ औं शृङ्खला पोखरा महानगरपालिका महानगर प्रमुख मानबहादुर जिसिको प्रमुख आतिथ्यमा पश्चिमाञ्चल होटल संघको विशेष सक्रियतामा शनिबार फेवातालमा जलकुम्भी झार उखेलेर सम्पन्न भएको छ ।
पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेलले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सफाई अभियानमा नियमित सरसफाई अभियन्ताहरु,माछापुच्छ्रे महिला क्लब,ड्यामसाईड टोवी संस्था,मुक्तिनाथ विकास बैंक,गण्डकी विकास बैंक,लायन्स क्लब अफ भृकुटी,जलारी समुदाय,युवा समूह,अभियान महिला समूह,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,स्थानिय वासिन्दाहरु लगायतको सहभागितामा फेवातालमा सफाई गरेको जनाएका छन् ।