महेन्द्र्पुल बजार सफाई तथा जागरण अभियानको २४ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको २४ औं शृङ्खला शुक्रबार पोखरा,महेन्द्रपुल बजारमा सम्पन्न भएको छ ।

कन्या क्याम्पस पोखराकी प्राध्यापक ईन्द्रकमल मानन्धरले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मानकाजी माकाजु,इनरह्वील क्लबका पुर्व अध्यक्ष मन्जु माकाजु,पोखरा उपत्यका बृहत् सफाई  अभियानका संयोजक रामबहादुर पौंडेल,पोखरा महानगरपालिका वडा नं.९ का वडासचिव लोकदर्शन कोईराला,सरसफाई अभियन्ताहरुको सहभागितामा महेन्द्रपुल बजार सफाई तथा जागरण अभियान सम्पन्न भएको जनाएकी छिन् ।

पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मानकाजी माकाजु र इनरह्वील क्लबका पुर्व अध्यक्ष मन्जु माकाजु दम्पतीका पुत्री मनिका माकाजु तथा पुत्र मनिष मकाजुले क्रमश : एम.बी.बी.बी.एस. र प्लस टु उतिर्ण गर्नु भएको शुखद अवसरमा महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानलाई एक थान स्पीकर प्रदान गर्नु भएको कन्या क्याम्पसकी प्राध्यापक मानन्धरले बताउनु भएको छ ।

प्रकाशित: समय: 22:50:16  560पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार