तामाङपेज संवाददाता ।
ललितपुर । महाँकाल गाउँपालिकाको आयोजनामा सि एम आर टि सी र सुशासन महासंघ नेपालको प्राविधिक सहयोगमा ललितपुरको खुमलटारमा महाँकाल गाउँपालिकाको एकीकृत गाउँ विकास गुरु योजना सम्बन्धि ” प्रतिवेदन प्रस्तुतिकरण एवं छलफल गोष्ठी” सम्पन्न भएको छ ।
महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको सभाअध्यक्षतामा आयोजित उक्त गोष्ठीमा महाँकाल गाउँपालिकामा जन्मेर विभिन्न पेशा,व्यवसायले राजधानीमा बसोबास गर्नुहुने राजनितिक अगुवा ,व्यवसायी ,पत्रकार,शिक्षक ,बौद्धिक व्यक्तित्वहरुको सहभागितामा गोष्ठी केन्द्रीत रहेको थियो ।
आगामी सन् २०२० देखि २०३० सम्मको लागि लक्षित गरेर महाँकाल गाउँपालिकाले आफ्नो दश बर्षे गुरु योजना सम्बन्धि प्रतिवेदन प्रस्तुतिकरण गरि अन्तिम रुप दिन आयोजना गरेको गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता एवं पुर्व सांसद मिठ्ठाराम शर्मा बजगाई,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं.३ सदस्य अप्सरा चापागाईं घिमिरे,नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि ॠषिराम घिमिरे ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्यहरु गणेश केसि,अमृतनाथ तिमल्सिना,बुद्धबहादुर नेगि तामाङ,पि.डि.आचार्य,उमेश शर्मा बजगाई,राष्ट्रिय सहकारी बैंक पुर्व संचालक सदस्य रामशरण घिमिरे शर्मा,नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का पुर्व सभापति खोमप्रसाद घिमिरे,महाँकाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे,व्यवसायीहरु होमप्रसाद घिमिरे पुरुषोत्तम बजगाई,व्यवसायी राजकुमार दहाल लगायतले महाँकाल गाउँपालिकाको गुरु योजनाबारे स्पष्टता हुनुपर्ने, यो गुरु योजना सिङ्गो महाँकाल गाउँपालिकाको सम्पत्ति हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त गोष्ठीमा महाँकाल गाउँपालिका अधिकृत रामचन्द्र ढकाल ,श्री महाँकाल माविका पुर्व प्र.अ.गोविन्दप्रसाद पराजुली ,महाँकाल गाउँपालिका वडा नं.१,३,४,५ र ६ का वडाअध्यक्षहरु क्रमशः खोमप्रसाद गौंतम,गंगाराम तिमल्सिना,शान्ताप्रसाद गौंतम,खोमप्रसाद दहाल,रामकृष्ण आचार्य,सहकारी व्यवसायी रामशरण बस्नेत,नेपाली काङ्ग्रेसका युवा नेता ऋषिदेव फुयाँल लगायतका महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
विशेष गरि प्रस्तुत प्रतिवेदनले समग्र महाँकाल गाउँपालिकाको ऎतिहासिक स्थानिय सरकारको पहलमा मुहार फेर्ने संकेत देखा परेको छ । प्रतिवेदनमा महाँकाल गाउँपालिकाले गरेको २०७५ को घरधुरी सर्भेक्षण अनुसार २ हजार ३ सय ५ घरधुरी,११ हजार ९ सय जनसंख्या रहेको यस गाउँपालिकामा ब्राम्हण,तामाङ समुदायको बाहुल्यता रहेको छ भने अन्य जातजातिले पनि बसोबास गर्दछन् ।
कुल ८२.४६ वर्ग किमि क्षेत्रफल रहेको महाँकाल गाउँपालिकामा उच्च भुभाग समुन्द्री सतहबाट मिटर उच्च भुभाग रहेको छ । प्रतिवेदनमा महाँकाल गाउँपालिकामा साना,ठुला गरि १५ वटा नदिनाला,अपाङ्गता भएका नागरिकहरु ७९ जना,१३ वटा स्थानिय क्लब,खेलमैदान ७ वटा,करिब २२ किमि मोटरबाटो,सिंचाई सुविधा ५ किमि,मठ मन्दिर मर्मत सुधार नभएको,मानिखेल कतवनमा रहेको एकमात्र अस्पताल संचालन नभएको,सडकमा डिभाईडर तथा नालाको व्यवस्था हुनुपर्ने,कर्मचारीको क्षमता विकासमा ध्यान जानुपर्ने ,सुचना प्रविधिमा एकरुपता,सार्वजनिक यातयातको मजबुत हुनुपर्ने,२७ वटा बस स्टपको स्थापना, ट्रेकिङ रुटको व्यवस्था,झरनाहरुको प्रचार प्रसार,बिग सामुदायिक कलेजको स्थापना,चिया,कफी,खुवाको आधुनिकीकरण,एम्बुलेन्सको व्यवस्था प्रत्येक वडा वडामा गर्नुपर्ने,मानिखेल कतवनमा रहेको अस्पतालमा २५ बेडमा पुर्याउनु पर्ने,स्मार्ट बसपार्कको स्थापना,शीत भण्डार,चिलिङ सेन्टरको निर्माण,सन् २०३० सम्ममा प्रति ब्यक्ति आय दुई हजार डलर पुर्याउने लक्ष्य लिइएको छ ।
गाउँपालिका भित्र रहेका विमिरे,माने,खोरभन्ज्याङ,सल्लाघारी,भैरवथुममा पिकनिक स्पोर्टको विकास गर्ने,ठोस्नेखोलामा माछापालन ,होम स्टेको स्थापना,केबल ट्रान्स्पोर्ट,लालिगुराँस पकेट क्षेत्रको स्थापना,जिप फ्लाइड,बन्जी ,स्विङ ,हाट बजार ४ स्थानमा, २ मेगावाट विजुली बत्ती उत्पादन जस्ता विषयहरु प्रतिवेदनमा उल्लेख छ भने सो प्रतिवेदनमा नसमेटिएको १५ वटा बुँदाहरु समाबेश र महाँकाल गाउँपालिकाले विशेष गरि कृषि,पर्यटन,सडक,खेलकुद,पशुपालनजस्ता विषयमा विशेष ध्यान पुर्याउनु पर्नेमा जोड दिएका थिए।
महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले यो प्रतिवेदन अन्तिम रुप नभएको ,बिहिबार अगुवाहरुले ,नेतृत्वहरुले दिएको सुझाबलाई समेटेर प्रतिवेदनको अन्तिम रुप दिने कुरा स्पष्ट पार्नु भएको छ ।
महाँकाल गाउँपालिकाको बुखेल,मानिखेल,गोटिखेल,कालेश्वर,चन्दनपुर,ठुलादुर्लुङमा जन्म भएर हाल उपत्यकामा बसोबास गर्ने विभिन्न क्षेत्रहरुमा कार्यरत नेतृत्वहरुको सहभागिता रहेको थियो ।