प्रवासी सृजनसिल महिला समूह इजरायलद्वारा “मृगौंला पीडित देबेन्द्र बस्नेतलाई आर्थिक सहयोग” प्रदान


तामाङपेज संवाददाता ।

इजरायल । प्रवासी सृजनसिल महिला समूह इजरायलकी सहसचिव एवं सामाजिक अभियन्ता डोल्मा गोले तामाङको पहलमा इलाम जिल्ला,इलाम नगरपालिका वडा नं.९ स्थित गोलाखर्कका दुबै मृगौंला पीडित देबेन्द्र बस्नेतको मृगौंला प्रत्यारोपण गर्नको लागि बुधबार समूहकी सल्लाहकार निर्मला दहालको श्रीमान पुर्णप्रसाद पौंडेलले झापा जिल्ला,दमक नगरपालिका वडा नं.५ मा रहेको साङगे छोइलिङ गुम्बामा पुजापाठ,शिघ्र स्वास्थ्य लाभको कामना गर्दै समूहबाट संकलित रकम रु.१ लाख ३ हजार र बुद्ध टोल विकास संस्थाबाट रु.१ हजार तथा संस्थाका अध्यक्ष राजमान राईबाट रु.१ हजार गरि रु.१ लाख ५ हजार रकम प्रदान गरेका छन् ।

प्रवासी सृजनसिल महिला समूह इजरायलकी सहसचिव डोल्मा गोले तामाङले तामाङपेजसँग कुराकानी गर्नु हुँदै मृगौंला पीडित बस्नेतको उपचार्थ इजरायलबाट डोल्मा गोले तामाङ,निर्मला तामाङ,सुष्मा पौंडेल,माला योन्जन तामाङ,साबु भट्टराई,प्रज्ञा कार्की,कल्पु सुवेदी,सोनिया अधिकारी,पवित्रा चापागाई,शोभा बस्नेत,निर्मला दहाल,कल्पना न्यौपाने,कल्पना थापा,रन्जना ताम्राकार,कान्छी शेर्पा,तेन्जिङ शेर्पा,सुवाससागर,रिता कार्की,रोमा शर्मा,मुना अधिकारी,सुमन कार्की,सृजना अधिकारी,तारा बस्नेत,मनिकुमार तामाङ,ग्रेसी थुलुङ राई,निता क्षेत्री,निष्चल सुब्बा लिम्बु,माया प्रसाईं,छिरिङ तामाङ,छोङगेल शेर्पा,फुर्बा शेर्पा,मेनुका बस्नेत लिङदेन,सरिता कँडेल,मन्दिरा खत्री,सिमा आलेमगर लगायतले आर्थिक सहयोग गरेका थिए ।

प्रकाशित: समय: 23:32:03  1099पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार