मजदुर नेता प्रल्हाद कार्की सख्त घाईते,वसुन्धरास्थित बिपि स्मृति अस्पतालमा उपचार हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय सदस्य प्रल्हाद कार्की निर्माण कार्यस्थलमा काम गर्ने सिलसिलामा सख्त घाईते हुनु भएको छ ।

अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय उपमहासचिव राजेन्द्रकुमार रुम्बाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै संघका केन्द्रीय सदस्य सख्त घाईते कार्कीको वसुन्धरास्थित बिपि स्मृति अस्पतालमा उपचार भइ रहेको,बायाँ खुट्टाको पैतालाको माथिल्लो भाग र दुई वटा औंला क्षतविक्षत भएको अस्पतालका चिकित्सकहरुले अप्रेसनपश्चात् पुर्ण रुपमा निको हुने बिहिबार अस्पताल पुग्दा बताइएको जनाएका छन् ।

संघका उपमहासचिव रुम्बाले संघका केन्द्रीय सदस्य सख्त घाईते प्रल्हाद कार्कीको स्वास्थ्य स्थिति बुझ्न अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल न्यौपाने पनि बिपि स्मृति अस्पताल पुग्नु भएको बताउनु भएको छ ।

प्रकाशित: समय: 21:44:22  901पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार