नेपाल शिक्षक महासंघले वाग्मती गाउँपालिकालाई ज्ञापन पत्र बुझायो,गाउँपालिकाले शिक्षकहरुको मागलाई सम्बोधन तथा कार्यन्वयन नगरेको महासंघ अध्यक्ष जिम्बाको भनाई


तामाङपेज संवाददाता ।

ललितपुर । वाग्मती गाउँपालिकाको घुसेल,माल्टा,भट्टेडाँडा,प्युटार,इकुडोल,आश्राङ,गिम्दीका ७ वटै वडाहरुमा रहेका सरकारी ,सामुदायिक विद्यालयहरुको समस्याप्रति पटक पटक विद्यालय र शिक्षकहरुको मागलाई वाग्मती गाउँपालिकाले चासो नराखेकोप्रती नेपाल शिक्षक महासंघ वाग्मती गाउँपालिका समिति,भट्टेडाँडाको आयोजनामा बुधबार बसेको प्र.अ.हरुको बैठकले विभिन्न विषयहरुमा छलफल गरेर ४ सुत्रीय माग वाग्मती गाउँपालिका समक्ष पेश गरेको छ।

नेपाल शिक्षक महासंघ वाग्मती गाउँपालिका समितिका अध्यक्ष दुधराज जिम्बा तामाङ र सचिव राजकुमार तिमल्सिनाद्वारा हस्ताक्षरित ४ सुत्रीय मागमा निकासा समयमा उपलब्ध गराउनुपर्ने,निकासा शिर्षकगत रकमसमेत उल्लेख गरि प्रत्येक विद्यालयलाई चौंमासिक निकासापत्र उपलब्ध गराउनुपर्ने,परिक्षा समिति पारदर्शी प्रश्नपत्र त्रुटिरहित बनाउन आवस्यक पहल गर्नुपर्ने,प्र.अ.बैठकलाई निरन्तरता दिई शिक्षक,शिक्षिकाहरुलाई तालिमको व्यवस्था हुनुपर्ने र गाउँपालिका स्तरिय शैक्षिक सुचना,जानकारी सामाजिक संजालमा मात्रै नभई पत्रचारसहित टेलिफोनमार्फत राख्नु पर्ने माग राखेको नेपाल शिक्षक महासंघ,वाग्मती गाउँपालिका समिति,भट्टेडाँडाले जनाएका छन् ।

प्रकाशित: समय: 8:58:51  1110पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार