तामाङपेज संवाददाता ।
ललितपुर । कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा उपाध्यक्ष मिङमा लामाको विशेष आतिथ्यमा कोन्ज्योसोम गाउँपालिका वडा नं २ शंखु र कोन्ज्योसोम गाउँपालिका वडा नं.३ दलचोकीमा पशु सेवा विभाग,राष्ट्रिय पशु आहार तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको सहयोगमा संचालित “दुग्ध तथा पशु आहार परिक्षण घुम्ती प्रयोगशाला भ्यान” को बुधबार एक भब्य समारोहकाबीच दलचोकीमा समुदघाटन गर्नु भएको छ ।
स्थानिय चौघरेका युवा सामाजिक अभियन्ता एल.कुमार तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त समारोहमा कोन्ज्योसोम-२ शंखुका वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरे,कोन्ज्योसोम गाउँपालिका पशु अधिकृत डा.सुरज गुरुङ ,दीपेन्द्र सुवेदी ,वडाका कर्मचारीहरु ,वडाका सदस्यहरु,कृषकहरु लगायतको व्यापक सहभागिता रहेको थियो।