घलेगाउँमा पाईलाका परिवार “मि न्होर्बैं ट”को टोलिलाई भब्य बिदाई


तामाङपेज संवाददाता ।

लमजुङ । सार्क राष्ट्रको नमुना गाउँ र नेपालको पहिलो नमुना गाउँ होमस्टेको रुपमा ख्याती प्राप्त घले गाउँमा स्थानिय वासिन्दा ,होमस्टे संचालक ,होटल व्यवसायीले मंगलबार भब्य रुपमा पाईलाका परिवार (मि न्होर्बैं ट) युनिटलाई खादा ,टीका लगाई भब्य रुपमा बिदाई गरेका छन् ।

स्थानिय सामाजिक अभियन्ता एवं युवा मिलन क्रोम्छे तमुले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं घलेगाउँ तमु (गुरुङ) जातिको आन्तरिक धेरै थरहरु मिलेर बसेको नमुना वस्तिको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गाउँको रुपमा स्थापित घलेगाउँमा स्थानिय रहनसहन,परम्परा,गुम्बा ,भ्यु टावर,माछापुच्छ्रे हिमाल लगायतका अन्य हिमालहरुको अवलोकन,अर्गानिक खाना ,तमु समुदायको नाँचगानको सांगेतिक माहोल ,तमु संग्रहालयको अवलोकन गर्न सकिने समेत बताउनु भएको छ । घलेगाउँको मनोमोहक वस्तिको दृश्यले जोकोही स्वदेशी तथा विदेशी पर्यटकहरुको मन लोभ्याउने कुरा समेत सामाजिक अभियन्ता तमुले जनाएका छन् ।

प्रकाशित: समय: 15:12:57  944पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार