तामाङपेज संवाददाता ।
ललितपुर । जननायक विपि कोईरालाको १०६ औं जन्म जयन्तिको अवसरमा ललितपुर जिल्ला क्षेत्र नं.१ (क) र (ख) प्रदेश नेपाली काङ्ग्रेसको संयुक्त आयोजनामा गोदावरी शान्तिवनमा नेपाली काङ्ग्रेसका केन्द्रीय पुर्व आमन्त्रित सदस्य कबेलबहादुर लामा, (क)प्रदेशतर्फ केन्द्रीय प्रतिनिधि रघुरमण न्यौपाने,(ख)प्रदेशतर्फ केन्द्रीय प्रतिनिधि धर्मराज गौतमको विशेष आतिथ्यमा मंगलबार “वृक्षारोपणसहित दोश्रो राष्ट्रिय जागरण अभियान”को उदघाटन भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सचिव एवं (क) प्रदेश सभा सभापति सुन्दर थिङ तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं जननायक विपि जयन्तिको अवसरमा विभिन्न जातका वोट बिरुवा १०६ वटा रोपिएको ,दोश्रो राष्ट्रिय जागरण अभियानको उदघाटन समारोहमा जिल्ला कार्यसमितिका सदस्यहरु वशिष्ठ अधिकारी,पुरुषोतम सिलवाल,सानुकान्छा मोक्तान,ॠषिदेव फुँयाल,प्रभाकर पोखरेल,महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरे,महासमिति सदस्य गंगादेवी मुल,क्षेत्रीय सभापति राजन घिमिरे,क्षेत्रीय उपसभापति एवं ख प्रदेश सभा सभापति रामकृष्ण ब्लोन लामा,गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी,वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन,उपाध्यक्ष रन्जना घिमिरेको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडाअध्यक्षहरु हरिहर कार्की गोदामचौंर,मिलन सिलवाल लेले,वाग्मती गाउँपालिका प्रबक्ता एवं वाग्मती-३ भट्टेडाँडा वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिना,महाँकाल-५ चन्दनपुर वडाअध्यक्ष खोमप्रसाद दहाल,कोन्ज्योसोम-४ नल्लु वडाअध्यक्ष तिर्थ लामा लगायतका काङ्ग्रेसका नेता ,कार्यकर्ताहरुको उपस्थित रहेका थिए ।
नेपाली काङ्ग्रेसले जननायक विपि कोईरालाको जन्म जयन्तिको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु संचालन भइ रहेका छन् ।