तामाङपेज संवाददाता।
नवलपरासी । महिला,बालबालिका तथा किशोरी स्वास्थ्य,शिक्षा र सुरक्षामा समर्पित “जय मातृ शक्ति”भन्ने मुल नाराले स्थापित रोज बहिनी सृजनशिल महिला समाज,सुस्ता-५ नवलपरासीको सोमबार बसेको विशेष बैठकले मकवानपुर जिल्ला ,हेटौंडाका सामाजिक अभियन्ता एवं मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुनकुमार गुरुङलाई रोज बहिनी विद्यालय स्वास्थ्य परियोजनाको संरक्षकमा मनोनित गर्ने निर्णय भएको समाजकी अध्यक्ष विजयश्री रेग्मी भण्डारीद्वारा च.नं.१५,पत्रसंख्या ०७६/०७७ को मिति २०७६/०५/२३ को पत्रमा उल्लेख छ । सामाजिक अभियन्ता गुरुङ लामो समयदेखि सामाजिक क्षेत्रमा सेवा गर्दै आउनु भएका एक सामाजिक अभियन्ता हुन् ।