ठूलो पर्सेलमा “तिन महिने बौंद्ध धर्म नि: शुल्क शिक्षा शिविर”को समुदघाटन ,शिविर तिन महिनासम्म संचालन हुने


तामाङपेज संवाददाता ।

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठुलोपर्सेलमा तामाङ बौंद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष ,गेसे ङिमा तामाङको प्रमुख आतिथ्यमा कुन्साङ देक्षिन लिङ गुम्बामा आईतबार “तिन महिने बौंद्ध धर्म शिक्षा नि: शुल्क शिविर”को दीप प्रज्वलन गर्नु भएर एक भब्य समारोहकाबीच समुदघाटन गर्नु भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नहुँदै तामाङ बौंद्ध महासंघका महासचिव टेकराज मोक्तानले शिविरको औंचित्य,शिविर तिन महिनासम्म संचालन रहने ,बौद्ध धर्म सम्बन्धि शिक्षा,विधिकाबारे प्रशिक्षण दिने जनाएका छन् ।
उक्त शिविरको उदघाटन सत्रको समारोहमा लामा ङवाङ तामाङले स्वागत मन्तब्य ,स्थानिय शिक्षक पासाङ तामाङले कार्यक्रमको संचालन गर्नु भएको थियो । शिविरको उदघाटन कार्यक्रममा बौंद्ध धर्मलम्बि महानुभावहरुको व्यापक सहभागिता रहेका थिए ।

शिविरको उदघाटन समारोहमा पाहुनाहरुलाई स्थानिय पेमाडोल्मा तामाङले खादाबाट स्वागत र तिन महिने बौंद्ध धर्म शिक्षा नि: शुल्क शिविरको उदघाटन समारोह कुन्साङ देक्षिन लिङ गुम्बाका प्रमुख लामा सार्किमान तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 16:28:31  768पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार