तामाङपेज संवाददाता ।
लमजुङ । समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्यमा र महासचिव गंगानारायण श्रेष्ठको विशेष आतिथ्यमा मंगलबार बेशिसहरमा “समाजवादी पार्टी जिल्ला समायोजन कार्यक्रम “को समुदघाटन सम्पन्न भएको छ ।
तामाङपेजसँग कुराकानी गर्नुहुँदैं समाजवादी पार्टीका युवा नेता दीपक वाईवा तामाङले गमबहादुर तामाङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति र समाजवादी पार्टीको २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको जनाएका छन् ।