दलचोकीस्थित श्री गोठभन्ज्याङ माविमा “वक्तित्वकला प्रतियोगिता”सम्पन्न प्रथम स्थान छात्रा सम्झना परियारले जितिन्


तामाङपेज संवाददाता ।

ललितपुर । हामी सबैंको प्रण,सार्वजनिक शिक्षा प्रणालीको सबलिकरण भन्ने मुल नाराकासाथ कोन्ज्योसोम गाउँपालिका स्तरीय अन्तर विद्यालय(कक्षा ९ र १०) छात्र,छात्राहरुबीच ” वक्तित्वकला प्रतियोगिता” कोन्ज्योसोम गाउँपालिका अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा कोन्ज्योसोम गाउँपालिका वडा नं.३ दलचोकीस्थित श्री गोठभन्ज्याङ माविमा आईतबार सम्पन्न भएको छ ।

उपसमितिका संयोजक मानसिं ग्लान तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं प्रतियोगितामा कोन्ज्योसोम-२ शंखु श्री मगर गाउँ माविकी छात्रा सम्झना परियार प्रथम,कोन्ज्योसोम- ३ दलचोकी श्री गोठभन्ज्याङ माविकी शर्मिला बम्जन तामाङ, कोन्ज्योसोम-१ चौघरे श्री बाघभैरव माविकी रजनी थिङ तामाङले दोश्रो स्थान ,सोही विद्यालयकी डोल्मा गोङबा तामाङले तेश्रो स्थान र कोन्ज्योसोम-२ शंखु श्री सरस्वती माविका नन्दु बम्जन तामाङ र कोन्ज्योसोम-५ भारदेउस्थित श्री बालेश्वरी माविकी अमिना तामाङले सान्त्वना स्थान हासिल गरेका छन् ।

विजेता विभिन्न विद्यालयका विद्यार्थीहरुलाई कोन्ज्योसोम-१ चौघरेस्थित श्री बाघभैरव माविका प्र.अ.एवं प्रमुख अतिथि टेकबहादुर थोकर तामाङले पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

तस्बिर : बेलबहादुर घिसिङ तामाङ ।

प्रकाशित: समय: 19:19:53  859पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार