मनाङका पुर्व जिविस सभापति छिरिङ ओङगेलु गुरुङको उपचारको क्रममा निधन


तामाङपेज संवाददाता ।

काठमाडौं । विं.सं.२०४६ को राजनितीक परिवर्तन पछि मनाङ जिल्लाको पहिलो जिविस सभापति बन्न सफल पुर्व जिविस सभापति छिरिङ ओङगेलु गुरुङ(मिचुङ)को उपचारको क्रममा ललितपुर मेडिसिटी अस्पतालमा शुक्रबार निधन भएको तामाङपेजसँग पारिवारिक श्रोतले जनाएको छ ।

मनाङ जिल्लामा सामाजिक कार्यमा अनुकरणीय कार्य गर्नु भएका पुर्व जिविस सभापति गुरुङको निधनले ठूलो क्षति पुगेको र शोकसनप्त परिवारजनमा घ्यालसुम्दो सेवा संस्था अमेरिका निवर्तमान अध्यक्ष एवं समाजसेवी छिरिङ राप्के लामा लगायतले समबेदना ब्यक्त गरेका छन् ।

प्रकाशित: समय: 17:43:54  406पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार