बौंद्ध न्ह्स: लिस: कासा मूगुथि यल: द्वारा विज्ञप्ति जारी,अज्ञात समूहले उपाध्यक्ष शाक्यको निजि गाडी तोडफोडको गरेकोमा विरोध


तामाङपेज संवाददाता ।

ललितपुर । बौंद्ध न्ह्स: लिस: कासा मूगुथि यल:का महासचिव देवेन्द्र बज्राचार्यले सोमबार विज्ञप्ति जारी गरि आईतबार बेलुका अज्ञात समूहद्वारा बौंद्ध न्हस:लिस:कासा मूगुथि यल:का उपाध्यक्ष समिनराज शाक्यको यम्पि महाविहारको ईबाही प्राङ्गणमा पार्किङ गरेर राखेको वा.६ च ४१९७ नम्बरको निजि गाडी तोडफोडको विरोधसहित घोर भत्सर्ना गरेको छ।

बौंद्ध न्ह्स:लिस:कासक मूगुथि यल: का महासचिव बज्राचार्यले तत्काल दोषी पत्ता लगाई नागरिक जिउ धन,ज्यानको सुरक्षाको लागि नेपाल सरकारलाई माग गरेका छन् ।

 

प्रकाशित: समय: 17:20:49  577पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार