प्रजिअ अस्मान ङेसुर तामाङलाई धादिङमा भब्य स्वागतसहित सम्मान


तामाङपेज संवाददाता ।

धादिङ । नेपाल सरकार,गृह मन्त्रालयले केही दिन अघि मकवानपुरबाट धादिङ जिल्ला प्रशासन कार्यालयमा सरुवा गराइएका नेपाल सरकारका सहसचिव एवं प्रजिअ अस्मान ङेसुर तामाङलाई धादिङ जिल्लामा रहेका विभिन्न सरकारी निकाय,संघसंस्थाका प्रमुखहरु,विभिन्न व्यक्तित्वहरुले खादा,माल्यार्पण गरि स्वागत,बधाई तथा सम्मान गरेका छन् ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै आईतबार सामाजिक अभियन्ता सकुन्तला मम्बा तामाङले धादिङ जिल्ला प्रशासन कार्यालयमा पहिलो चोटि प्रजिअको जिम्मेवारी सम्हाल्न अस्मान ङेसुर तामाङ आउनु भएकोमा तामाङ टोपी तथा खादा लगाएर खुशिकासाथ तामाङ समुदायहरुले स्वागत गर्ने क्रम व्यापक रुपमा अगाडी बढेको बताएकी छिन् ।

काभ्रे जिल्लामा जन्मिनु भएका नेपाल सरकारका सहसचिव अस्मान तामाङले सिन्धुपाल्चोक,मकवानपुर हुँदै धादिङ जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएको छ ।

तामाङ समुदायमा पाँचथरका दिलकुमार थिङ तामाङले डोल्पा जिल्ला प्रशासन कार्यालयमा प्रजिअको जिम्मेवारी सम्हाल्नु भएर आजभन्दा करिब ७/८ वर्ष अघि तामाङ समुदायमा प्रजिअको जिम्मेवारी पाउनुहुने व्यक्तित्वमा पहिलो स्थान कायम गर्नु भएको थियो।

प्रकाशित: समय: 8:38:56  961पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार