तामाङपेज संवाददाता ।
जापान । एन.आर.एन.ए. जापानको ९ औं अधिवेशनको समुदघाटन जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यमा शुक्रबार भब्य सहभागीताहरुकाबीच सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं राजदुत राणाले एन आए एन ए जापानका विभिन्न तहमा उत्कृष्ट कार्य गरेबापत सृजना पाण्डे,नवीन निउरे,लक्ष्मण बानियाँ र पत्रकारहरु राजन गौंतम,आनन्द कोईरालालाई सम्मान पत्रद्वारा विभुषित गरेका छन् ।
सन् २०१९/२०२१ का एन.आए.एन.ए.जापानको ९ औं अधिवेशनले आईसीसी सदस्य तुल्सिराम खरेल,डण्डपानी कँडेल,अध्यक्ष देवीलाल भण्डारी,वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामा,महिला उपाध्यक्ष सविता श्रेष्ठ,उपाध्यक्ष लक्ष्मण बानियाँ,नारायण खड्का,युवा उपाध्यक्ष नवीन निउरे,क्षेत्रीय उपाध्यक्ष दीपक के.सी.,महासचिव जनकविक्रम शाही,सचिव विष्णुप्रसाद घिमिरे,टीकाराम खरेल,क्षेत्रीय सचिव विकास बस्नेत,कोषाध्यक्ष कालिका थापा,सहकोषाध्यक्ष सचिन श्रेष्ठ,युवा संयोजक राम थापा,महिला संयोजक संगिता अधिकारी निर्वाचित हुनु भएको छ।
एन.आर.एन.ए.जापानका सदस्यहरुमा राजेश खनाल,सुपेन्द्र घिसिङ,बाबुराम खरेल,महेशकुमार कटवाल,दिलराम गैंरे,सिबु थापा,जीवबकुमार गुरुङ र महिला सदस्यमा अन्जु भण्डारी निर्वाचित भएका छन् ।
उक्त अधिवेशनमा एन.आर.एन.ए. आईसीसी अध्यक्ष भबन भट्ट,महानायक राजेश हमाल,एन आर एन ए जापानका अध्यक्ष टासी लामा,जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,व्यवसायीहरु,पत्रकार ,एन. आर.एन. ए.जापानका सदस्यहरु लगायतका महानुभावहरुको सहभागीता रहेको थियो ।